Comments Add Comment

२.० को ओपनिङ ६१ करोड, तर पटकथा फितलो

बिहिबारदेखि रिलिज भएको चलचित्र ‘२.०’ले पहिलो दिनमा राम्रो कमाई गरेको छ । यो चलचित्रले बिहिबार भारतीय बक्स अफिसमा ६१ करोड कमाई गरेको छ । चलचित्रले हिन्दी भाषामा २० करोड कमाई गरेको छ । अन्य विभिन्न भाषामा चलचित्रले ४१ करोड कमाई गरेको छ ।

शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । निकै महंगो बजेटमा तयार भएकाले पनि चलचित्रले जर्बजस्त सुरुवात गर्नुपर्ने आँकलन गरिएको थियो । बिहिबार चलचित्रले भारतमा मात्र सय करोड आसपासको कमाई गर्ने आँकलन गरिएको थियो ।

साढे २ घन्टा लामो चलचित्रमा भीएफएक्स गज्जबको छ । चलचित्रको निर्माण टिमले भीएफएक्सकै लागि करिब ४ बर्ष लगाएको थियो ।  तर, चलचित्रको पटकथा निकै नै फितलो छ । कथावस्तु चलचित्रको ट्रेलर रिलिजसँगै सबैले अनुमान गरिसकेका थिए । यसका निर्देशकले भीएफएक्समा दिमाग लगाउँदा पटकथामा भने खासै ध्यान दिएका छैनन् । यसैले पनि यो चलचित्रले लामो समयसम्म व्यापार गर्ने संभावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment