Comments Add Comment

कामना अवार्डमा जे देखियो(फोटो फिचरसहित)

नेपाली अवार्डको विश्वसनियता कमजोर बनिरहेको छ । यसैले, पनि अवार्डलाई विश्वसनिय र रोचक बनाउनका लागि आयोजकले कसरत गर्नुपर्ने देखिन्छ । शनिबार आयोजना भएको ‘चौथो कामना अवार्ड’ केही विवाद र केही प्रशंसाको साथमा सकिएको छ । अवार्डमा देखिएका केही रोचक प्रसंग हामीले यहाँ प्रस्तुत गरेका छौ ।

१. नायक प्रदिप खड्का पहिले नै कार्यक्रम हलमा पुगेका थिए । कार्यक्रम संचालन गर्ने भएकाले पनि उनी चाडै पुगेका थिए । तर, पछि संचारकर्मीको आग्रहमा फेरि पोज दिन तयार भए । कार्यक्रम हलबाट बाहिरिएर फेरि फर्किएका प्रदिपको स्टाइल रोचक थियो ।

२. नायिका प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँग आफूले अवार्ड पाउनु भन्दा १ मिनेट अगाडि मात्र हलमा आएकी थिइन् । आयोजकसँग सल्लाहा गरेरै प्रियंका अवार्डमा पुगेको चर्चा चल्यो ।

३. नायक अनमोल केसीका लागि अवार्ड समारोहमा दोहोरो फाइदा भयो । एक त उनले ‘उत्कृष्ट नायक’को अवार्ड पाए त अर्कोतिर सोही दृश्य उनले अभिनय गरिरहेको चलचित्र ‘ए मेरो हजुर ३’का लागि पनि छायांकन गरिएको थियो ।

४. हाँस्य कलाकार जितु नेपाल अहिले टेलिभिजनमा कमेडी शो चलाइरहेका छन् । जितुले मिडियासँग कुरा गर्दै भन्दै थिए–‘मुन्द्रेको कमेडी क्लब स्टाइलमा बोलौ कि आफ्नै स्टाइलमा ।’

५. नायक प्रदिप खड्कासँग निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको गफ पनि सबैको ध्यान खिच्ने खालको थियो । प्रदिप तिनै नायक हुन्, जसले झरना र सुनिलको ‘ए मेरो हजुर २’मा काम गर्न मानेका थिएनन् ।

६. चलचित्र ‘दाल भात तरकारी’मा श्रीमान्–श्रीमतिको भूमिकामा देखिएका कलाकार हरिवंश आचार्य र नायिका निरुता सिंह पहिलो पटक क्यामेराको फ्रेममा देखिए । उनीहरुको तस्बिर संचारकर्मीका लागि विशेष थियो ।

७. नायिका करिश्मा मानन्धर र नव–नायिका कविता मानन्धरसँगै अवार्ड कार्यक्रममा पुगेका विनोद मानन्धर तस्बिर खिचाउने क्रममा उनीहरुबाट अलग भएका थिए । पछि, मिडियाले बोलाएपछि मात्र असहज मान्दै उनी क्यामेराको अगाडि आए र तस्बिर खिचाए ।

८. नायक प्रदिप खड्का र नायिका केकी अधिकारीले एक अर्काको मजाक गरे । केकीले प्रदिपलाई ‘फ्लप क्लब’मा स्वागत छ भन्दा सबै हाँसेका थिए । ‘रोज’ असफल भएपछि प्रदिपलाई केकीले मजाक बनाउन पाएकी थिइन् ।

९. नायक अनमोल केसी हलमा प्रवेश गर्दै गर्दा नायक प्रदिप खड्का कार्यक्रम चलाइरहेका थिए । अनमोल हलमा प्रवेश गर्दा प्रदिपले भन्दै थिए–‘यहाँ कलाकारहरु अवार्ड पाउने पक्का भएपछि आउँछन्, नत्र अवार्डमा नै जाँदैनन् ।’ अनमोल हलमा पुग्नु र प्रदिपले यसो भन्नुलाई धेरैले संयोगको रुपमा हेरे ।

१०. धेरैले नव–नायकको अवार्ड सलिनमान बनियाँले पाउने अड्कल काटेका थिए । तर, यो अवार्डको विजेताको नाम घोषणा गरेका नायक भूवन केसीले ‘मेरो मनपर्ने नायक’ भन्दै आशिरमान देशराज जोशीको नाम लिए । भूवनको आशिरमान कसरी मनपर्ने हिरो भएछन् भनेर हलमा गाँइगुई चल्यो । सलिनमाले अवार्ड पाएको भए भूवनले के भन्थे होलान् ?

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment