Comments Add Comment

युरोकप २०२० को छनोट ‘ड्र’ सार्वजनिक, जर्मनीले नेदरल्यान्ड्ससँग खेल्ने

१६ मंसिर, काठमाडौं । युरोकप २०२० को लागि छनोट खेलको ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले आइबार साँझ सार्वजनिक गरेको ‘ड्र’ मा जर्मनी र नेदरल्यान्ड्स एउटै समूमा परेका छन् । समूह सी मा परेको जर्मनीले छनोट चरणमै कडा प्रतिस्पर्धीको रुपमा नेदरल्यान्ड्स पाएको हो ।

समूह सी मा जर्मनी, नेदरल्यान्ड्ससँगै नर्थन आयरल्यान्ड, इस्टोनिया र बेलारुस रहेका छन् ।

त्यस्तै २०१६ को युरोकप विजेता पोर्चुगल भने समूह बी मा परेको छ । समूह बि मा पोर्चुगलसँगै उक्रेन, सर्विया, लिथुनिया र लक्षमवर्ग रहेका छन् । त्यस्तै, समूह ए मा भने इंग्ल्यान्डसँगै चेक रिपब्लिक, बुल्गेरिया, मोन्टेनेग्रो र कोसोभो रहेका छन् ।

समूह डी मा भने स्वीट्जरल्यान्ड, डेनमार्क, रिपब्लिक अफ आयरल्यान्ड, जर्जिया र गिब्राल्टार रहेका छन् । यता, समूह इ मा भने क्रोएसियासँगै वेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान रहेका छन् ।

त्यस्तै, समूह एफ मा स्पेनसँगै स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइसल्यान्ड र माल्टा रहेका छन् । यता, समूह जि मा भने पोल्यान्ड, अष्ट्रिया, इज्राइल, स्लोभेनिया मासेडोनिया र लाटभिया रहेका छन् । समूह एचमा भने सन् २०१६ को उपविजेता फ्रान्स, आइसल्यान्ड, टर्की, अल्बानिया, मोल्डोभा र एन्डोर्रा रहेका छन् ।

त्यस्तै, समूह आई मा बेल्जियम, २०१८ को विश्वकप आयोजक राष्ट्र रसिया, स्कटल्यान्ड, साइप्रस, कजाख्स्तान र सान मारियो रहेका छन् । त्यस्तै, अन्तिम तथा समूह जे मा इटाली, बोस्निया, फिन्ल्यान्ड, गि्रस, अर्मेनिया र लिइच्टेनस्टाइन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment