Comments Add Comment

ए डिभिजन लिगः मनाङ र जावलाखेल, थ्रीस्टार र सरस्वती भिड्दै

१९ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ ।

लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो । यता, जावलाखेलले भने एक खेलमा मात्रै जित हात पारेको छ । लिग लिडर मनाङको पाँच खेलबाट १५ अंक रहेको छ ।

जावलाखेलको ५ खेलबाट ४ अंक मात्रै रहेको छ । जावलाखेल क्लबलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ रहेको छ । तर जावलाखेल भने मनाङलाई रोक्ने लक्ष्यमा छ ।

यता, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै हुने अर्को खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । थ्रीस्टार आजको खेल जित्नैपर्ने दबावमा छ । २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार स्पष्ट तीन अंक जित्ने लक्ष्यमा छ ।

थ्रीस्टार अहिले लिगको चौथो स्थानमा छ । थ्रीस्टारको पाँच खेलबाट चार खेलमा जित र एक खेलमा हारसहित १२ अंक रहेको छ । यता, सरस्वती क्लबको भने पाँच खेलबाट ६ अंक रहेको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टिम जितको खोजिमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment