Comments Add Comment

ओली र प्रचण्डविरुद्ध ऋषि कट्टेल सर्वोच्च अदालत जाने

२० मंसिर, काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायर गर्न बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।

‘नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको हो,’ उनले भने ।

नाम हडपिएको भन्दै यसअघि निर्वाचन आयोग गएका कट्टेल कानुनी उपचारका लागि सर्वोच्च जान लागेका हुन्

केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ ‘ने क पा’लाई निर्वाचन आयोगले मान्यता दिएको छ । जबकी त्यसअघि नै कट्टेल नेतृत्वको ‘नेकपा’ आयोगमा दर्ता थियो ।

निर्वाचन आयोगले सत्तारुढ दललाई ‘ने क पा’को रुपमा मान्यता दिए पनि चलनचल्तीमा लेख्दा ‘नेकपा’ लेखिने र बोल्दा दुवै उस्तै उच्चारण हुने भएकाले कट्टेल समूह विरोधमा छ ।

असन्तुष्ट ऋषि कट्टेलले सत्ता र ठूलो दलको दम्भमा बलमिच्याइँ गरिएको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment