Comments Add Comment

बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा सहरी विकास मन्त्रालयलाई

२१ मंसिर, काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाउने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ । १७ मंसिर बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा दिएको हो ।

१७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने भनिएको थियो । तर, हालसम्म सामान्य पूर्वाधारको काम समेत अघि बढेको छैन ।

बञ्चरे डाँडामा ल्याण्डफिल साइट कसले बनाउने भन्ने अन्यौल थियो । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले केन्द्र सरकारको मुख ताकेर बसेका थिए ।

उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले सन् २००९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपवेस्टसहितका कम्पनीलाई छनोट गरेको थियो । त्यसपछि २०११ मा स्थानीय विकास मन्त्रालयले नेपवेस्टसँग द्विपक्षिय सम्झौता गरेको थियो । सन् २०१३ पछि यो परियोजना लगानी बोर्ड मातहत गएको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन परियोजनाको जिम्मा पाएको कम्पनी हो, नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेसन प्रालिको जोइन्ट भेन्चर हो ‘नेपवेस्ट’ ।

यो कम्पनीसँग गत ०७४ फागुनमै लगानी बोर्डले प्रारम्भिक सम्झौता गरेको थियो । त्यसअनुसार बोर्डले १ असार २०७५ मा परियोजना विकास सम्झौता स्वीकृत पनि गरिसकेको छ ।

यो पनि पढ्नुहोस वैज्ञानिक फोहोर व्यवस्थापन परियोजनामा महानगरकै असहयोग

तर, काठमाडौं महानगरपालिकाको असहयोगका कारण यो परियोजनाको हालसम्म पिडिए हुन सकेको छैन । २ वर्षका लागि भनेर विस २०५८ मा नुवाकोटकै ओखरपौवास्थितमा सिसडोलमा बनाइएको ल्याण्डफिल साइट हालसम्म प्रयोग भइरहेको छ । तर, वर्षातका बेला गाडी जान नसक्ने र थुप्रिएको फोहोरको पहिरो जाने खतरा देखिएको थियो ।

यो पनि पढ्नुहोस ‘सिसडोलमा फोहोरको पहिरो जान सक्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment