Comments Add Comment

ऊर्जामन्त्री पुन र मुख्यमन्त्री रावतबीच भेटवार्ता

२२ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु रावतबीच भेटवार्ता भएको छ ।

जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र ऊर्जा, जलस्रोत सिंचाई मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो ।

त्यसका साथै भेटमा मुख्यमन्त्री रावतले भारतिय जनता पार्टीका नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ विवाह पञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराए ।

उनले त्यसको लागी प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताए । भेटमा दुई नम्वर प्रदेशमा संचालित ऊर्जा र सिंचाईका आयोजनाहरुको वारेमा छलफल भएको थियो ।

मुख्यमन्त्री रावतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी, सिराहालगायतका जिल्लाहरु सिंचाईवाट लाभान्वित हुने बताए ।

जवाफमा ऊर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले दुई नम्बर प्रदेशको विकासमा ठुलो योगदान पुर्याउने दावी गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment