Comments Add Comment

दीपाको फेसन

निर्देशक दीपाश्री निरौला फेसनको मामलामा पनि अब्बल छिन् । ४५ बर्षकी यी अविवाहित निर्देशक पहिरन लगाउन र आफूलाई सुन्दर देखाउन सधै नै मिहिनेत गर्छिन् । यसैले त सार्वजनिक कार्यक्रममा उनको फेसन नायिकालाई नै टक्कर दिने खालका हुन्छन् ।

दीपाश्री नेपाली चलचित्र क्षेत्रकै ब्लकबस्टर चलचित्रकी निर्देशक हुन् । उनले बनाएको चलचित्र ‘छक्का पन्जा’ सय दिनसम्म चल्यो । तर, दीपाश्रीले यो चलचित्र सय दिनसम्म चल्दा आफूहरु नै अचम्मित भएको प्रतिक्रिया दिएकी छिन् । उनलाई यो चलचित्र सय दिनसम्म चल्छ भन्ने नै लागेको थिएन ।

तर, चलचित्र ‘छक्का पन्जा ३’ ब्यानर, कथावस्तु, गीतसंगीतका कारण पनि ५१ दिन चल्ने उनको अनुमान थियो । उनको अनुमान यसपटक सही पनि निस्कियो । तर, यो चलचित्रले सय दिन नमनाउने उनले बताइन् ।
सर्वाधिक धेरै कमाउने ३ चलचित्रकी निर्देशक दीपाश्री निरौला बिहेको बिषयमा अझै पनि मौन नै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment