Comments Add Comment

गोरखामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२४ मंसिर, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा सोमवार टिपर दुर्घटना हुदाँ उकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेटौंडा नगरपालिकाका ३६ वर्षीय वीरबहादुर स्याङतामको मृत्यु भएको हो । उनी टिपरका चालक हुन् ।

लोड गरिएको ग्राभेल खन्याउने क्रममा सडक भासिँदा ना१क ६४७७ नम्बरको टिपर सडकबाट करिब १७६ फुट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

टिपरमा पूर्णरुपमा क्षती भएको छ भने स्याङतामको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल गोरखा लगिने डीएसपी महेन्ऽ नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment