२५ मंसिर, इटहरी । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । मंगलबार बिहान ७ः२५ बजेतिर उद्योगको मुख्य गोदाममा आगो लागेको हो ।
भानु अग्रवालको यो उद्योगले डोरम्याट लगायतका सामग्री उत्पादन गर्दछ ।
आगलागीबाट २ सय रोल म्याट, कच्चा पदार्थलगायतका सामग्री जलेर नष्ट भएका छन् । तर क्षतिको सम्पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए ।
इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी खटिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4