Comments Add Comment

कानमा एयरफोन घुसारेर सुत्दा मस्तिष्कलाई खतरा !

मोबाइलको ब्यापकतासँगै कानमा एयरफोन झुण्ड्याएर यात्रा गरिरहेका युवा यत्रतत्र देखिन्छन् । खासगरी गीत-संगीत सुन्न एयरफोनको प्रयोग गरिन्छ ।

एयरफोन कुनै खराब कुरा त होइन । एयरफोन लगाएर गीत सुन्दा अरुलाई डिस्टर्ब हुँदैन । आफूलाई मन लागेको गीत सुन्न पनि पाइन्छ । तर, कतिपयले भने राति सुत्दा पनि एयरफोन लगाउँछन् । उनीहरु एयरफोन कानमै जोडेर निदाइदिन्छन् । यो खराब आदत हो ।

कयौ अनुसन्धानहरुले राती सुत्नु अगाडि एयरफोनमा गीत सुन्दा नकारात्मक असर गर्न सक्ने देखाएका छन् । राति सुत्दा एयरफोन प्रयोग गर्नुका बेफाइदा के-के हुन् त ?

मस्तिष्कमा असर

राती ढिलासम्म एयरफोन लगाएर गीत सुन्दा निद्रा प्रभावित हुने गर्छ । किनकी इयरफोन जोडिएको मोबाइल पनि आफैसँग हुन्छ । त्यो बजिरहँदा हाम्रो मस्तिक सक्रिय रहने गर्छ निद्रा लाग्दैन । यसबाट मस्तिष्कलाई आराम मिल्दैन ।

कानमा असर

माथि भनेअनुसार एयरफोन लगाएर गीत सुन्दा मस्तिष्क राम्ररी सुत्न सक्दैन । मस्तिष्कको केही भाग सक्रिय नै रहन्छ । साथसाथै मुटुको चाल पनि तिव्र हुने गर्छ । जुन स्वास्थ्यको लागि निकै घातक कुरा हो । एयरफोनबाट उच्च आवाजमा गीतसंगीत सुन्दा कानको जालीमा दवाव पर्ने गर्छ र कानसम्बन्धी समस्या हुने गर्छ । साथै, कानेगुजी समेत सामान्य भन्दा धेरै बन्ने गर्छ । यसले सुन्ने क्षमतालाई समेत प्रभावित पार्छ ।

कानको संक्रमण

हेडफोनको प्रयोगले कानको संक्रमण पनि हुनसक्छ । एउटै हेडफोन विभिन्न व्यक्तिले प्रयोग गर्ने हुँदा हेडफोनको साथमा किटाणुहरु पनि सर्ने गर्छन् । जसले कानको संक्रमण निम्त्याउने गर्छ ।

त्यसो त राती सुमधुर संगीत सुन्दा मिठो र गहिरो निद्रा पर्छ पर्छ भन्नेहरु पनि छन् । तर यसका लागि एयरफोन गर्नु भने उचित नहुने विज्ञहरुको राय छ । बरु रेडियोमा गीत सुनेर तथा सुत्नु अगाडी केही किताब पढ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment