Comments Add Comment

कतारमा नेपाली कामदारको स्वास्थ्य परीक्षण सहज होस्ः तरुण दल

२८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाल तरुण दलले त्यहाँस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

सहज स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउँदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंसहितको टोलीले नेपाली राजदूत रमेश कोईरालालाई भेटेर कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएको थियो ।

चापागाईंले भने, ‘नेपालीहरुको ठूलो हिस्सा कतारमा छ, उनीहरुले कमाएर ल्याएको पैसाले उनीहरुको परिवारसँगै नेपालको अर्थतन्त्र पनि धानिएको छ । त्यसैले कामदारका परिवारको स्वास्थ्य वीमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कतारमा पनि गरिनु पर्छ ।’
नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढीरहेको भन्दै उनले सरकारले नेपाली दूतावासहरुमा स्वास्थ्य सहचारी राख्नुपर्ने बताए ।

कतारका लागि नेपाली राजदूत कोइरालाले तरुण दलले उठाएका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधानतर्फ अग्रसर हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment