Comments Add Comment

डा. केसीले सरकारलाई दिए थप दुई साताको समय

२ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई थप दुई साताको समय दिएका छन् ।

चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले सरकारलाई पुस २ को अल्टिमेटम दिएका थिए । नभए ३ गतेबाट आमरण अनसन बस्ने बताएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक अगाडि बढाउन केही समय लाग्ने जानकारी गराएको भन्दै डा. केसीले अनसन दुई सातापछि पारेका छन् । ‘मागहरु पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउँछौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment