Comments Add Comment

यी हुन् विश्वकै सुन्दर महिला प्रहरी, सोसल मिडियामा फोटो पोष्ट गर्दा हाकिमको चेतावनी

जर्मनीमा एकजना महिला पुलिस अधिकारी छिन् । उनलाई विश्वकै सबैभन्दा सुन्दर महिला पुलिस पनि भनिन्छ ।

अहिलेसम्म आफ्ना तस्वीरका कारण तारिफ बटुलिरहेकी यी सुन्दरी अहिले केही समस्यामा परेकी छिन् । वास्तवमा आफ्नो सुन्दरताकै कारण उनी समस्यामा परेकी हुन् ।

उनलाई आफ्नो कार्यालयबाट चेतावनी जारी गरिएको छ । पुलिस विभागले उनलाई आफ्ना तस्वीरहरु सोसल मिडियामा शेयर नगर्न सचेत गराएको छ । सुन्दर महिला प्रहरीले सोसल मिडियामा आफ्ना तस्वीर शेयर गर्दा अपराधीहरु अपराध कर्मका लागि प्रेरित भइरहेको दाबी पुलिस विभागको छ ।

यी महिला प्रहरी आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना तस्वीर शेयर गर्दछिन् । आफ्नो सुडौल जिउ तथा सेक्सी बिकिनी तस्वीरका कारण उनी निकै लोकप्रिय बनिरहेकी छिन् । उनका लाखौँ फलोअर्स रहेका छन् ।

हुँदाहुँदै धेरै मानिसहरु आपराधिक कार्य गर्ने र उनको हातबाट पक्राउ पर्नका लागि मरिहत्ते गर्न थाले । जसका कारण आपराधिक कार्यलाई बढावा पुगेको भन्दै पुलिस विभागले ती महिला सुन्दरी प्रहरीलाई आफ्ना तस्वीर शेयर नगर्न चेतावनी नै जारी गर्नुपर्यो ।

तहल्का मच्चाउने यी महिला पुलिसको नाम एड्रियन कोलेसजर हो । उनी फिटनेशकी शौखिन हुन् । पुलिसले निर्वाह गर्नुपर्ने काममा भन्दापनि जिउडाल र फोटोसेसनमा ध्यान दिएपछि उनलाई गतवर्ष पुलिस विभागले ६ महिनाको अवैतनिक छुट्टि दिएर सुध्रिने मौका दिएको थियो । ६ महिनापछि कार्यालयमा फर्किएकी उनको पूरानो बानी सुध्रिएन । अन्ततः पुलिस विभाग उनलाई चेतावनी जारी गर्न बाध्य हुनुपरेको छ ।

पुलिस जवानको आफ्नो भूमिका निर्वाह गर्न र सोसल मिडियामा मोडेलले जस्तै तस्वीर शेयर नगर्न पुलिस विभागले चेतावनी जारी गरेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment