Comments Add Comment

रोकिएन सुन तस्करी, आधा किलो सुनसहित एक पक्राउ

३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी फेरि सुरु भएको छ ।

सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्दै जाँदा सुन तस्करीको ठूलो र्‍याकेट पर्दाफास भएपछि तस्करी रोकिएको उच्च स्तरीय छानबिन समितिले दाबी गरेको थियो ।

तर, सोमबार विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेसँगै सुन तस्करी फेरि सुरु भएको खुलेको हो । विमानस्थल प्रहरीले ५ सय १२ ग्राम सुनसहित चितवनको भरतपुर महानगरपालिकाका ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस छानबिन समितिको निष्कर्षः तस्करको सेटिङ ध्वस्त पारियो

उनी कतार एयरवेयजको फ्याइट नं. क्यूआर ६४८ बाट काठमाडौं ओर्लिएका थिए । उनको साबाट सुनको ४ थान विस्कुट र एउटा बाला बरामद भएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment