Comments Add Comment

शाकाहार वा मांसाहारः जलवायु परिवर्तन रोक्न कस्तो खानपान ?

अलि फरक प्रसंगबाट यो आलेखको थालनी गरौं । तपाईं अहिले दिनरात नभनी काम गरिरहनु भएको छ, घामपानी नभनी श्रम गरिरहनुभएको छ । आफैलाई भुलेर आयआर्जनमा खटिइरहनुभएको छ । केका लागि ?

तपाईंले निश्चय पनि जवाफ दिनुहुनेछ, ‘आफ्ना सन्ततीका लागि ।’ अवोध साना छोरा वा छोरीको अनुहार हेरेर तपाईं आज आफ्नो दुःख बिर्सिरहनुभएको छ । तपाईं/हाम्रो एउटै ध्याउन्न के छ भने, ‘मेरा छोराछोरीले भोलिको दिनमा दुःख झेल्न नपरोस् ।’

हरेक आमाबुवाको कामना यही हुन्छ । त्यसैका खातिर उनीहरुको बैंक ब्यालेन्स गरिदिन्छौं । बिमा गरिदिन्छौं । घर-घडेरी जोडी दिन्छौं । राम्रो शिक्षा-दीक्षा दिन्छौं । तर, सोच्नुहोस् त तपाईं/हाम्रो छोराछोरीको भविष्य सुरक्षित छ ? अझ यसो भनौं, तपाईं हाम्रो छोराछोरीको भविष्य सुन्दर छ ?

यो प्रश्नको उत्तर हामीले उनीहरुका खातिर जोडिदिएको धन-दौलत, शिक्षादिक्षाले मात्र दिदैन । किनभने अहिले विश्वव्यापी रुपमा बढ्दो प्रदूषण र जलवायु परिवर्तन हाम्रा सन्ततीको खातिर ठूलो संकट बनेर देखापर्दैछ । वातावरणिय प्रदूषण, जलवायु परिवर्तनको भयानक दूष्परिणाम उनीहरुले झेल्नुपर्नेछ ।

अब आँखा चिम्लेर सोच्नुहोस् त, के तपाईं/हाम्रा बालबच्चाको भविष्य उज्वल छ त ?

यस्तो लाग्छ, उनीहरु जलवायु परिवर्तनको मार खेप्नका लागि तयार हुँदैछन् । त्यसो भए यी संभावित संकटबाट हामी आफ्ना बालबच्चालाई सुरक्षित राख्न सक्छौं ? के छ त्यसको उपाय ?

जलवायु परिवर्तनको कारण के हो ? किन आज वायु प्रदूषण बढिरहेको छ ? यसमा हाम्रो भूमिका के छ ? के हामी अर्थात म र मेरो कारणले पनि यस किसिमको प्राकृतिक असन्तुलन निम्त्याउँदैछ ?

निश्चय पनि आज जसरी जलवायु परिवर्तन विश्वकै टाउको दुखाई बनेको छ, त्यसमा तपाईं, म, हामी सबै कारण बनेका छौं । हामीले प्रकृतिमाथि जुन किसिमको हेलचेक्राई गरिरहेका छौं, त्यसले पर्यावरणमा नकारात्मक असर पर्दैछ । हामी प्लाष्टिक जथाभावी मिल्काउँछौं । आफ्नो घरको ढलले खोलानाला दुषित बनाउँछौं । धूँवा र धुलो पैदा गर्ने उपकरणहरु प्रयोग गर्छौं । प्राकृतिक साधन र स्रोत नष्ट गर्छौं । यावत् गल्ती पनि जलवायु परिवर्तनका लागि जिम्मेवार छन् । र, यही कारण भोलि हाम्रा छोराछोरीले अनेकन संकटको सामना गर्नेछन् ।

हामीले देखेका वा सुनेका छौं, अहिले मौसम अनुकुल अन्नबाली हुँदैन । पाक्नुपर्ने बेला पाक्दैन, फल्नुपर्ने बेला फल्दैन । मौसमी तालमेल मिलेको छैन । घाम लाग्नुपर्ने मौसममा वेपत्तासँग दर्के झरी पर्छ । यस किसिमको असन्तुलनले हाम्रो जीवनचक्र नै प्रभावित भइरहेको छ ।

हिमालको हिँउ बर्षेनी पग्लिएर हिम चुचुराहरु कालो पत्थरमा रुपान्तरण हुँदैछ । जलवायु परिवर्तनकै कारण कति वनस्पति लोप भइरहेका छन्, कति पशुपंक्षी लोप भइरहेका छन् । हिजो घामको किरणबाट भिटामिन डि प्राप्त हुन्थ्यो । आज त्यो क्यान्सरको कारण बनिरहेको छ । यी सबै कुराले भोलिको दिन कति भयानक हुनेछ भन्ने संकेत गर्दैछ ।

यसै सन्दर्भमा हिन्दी विविसी अनलाइनले एउटा आलेख प्रकासित गरेको छ । उक्त आलेखको विषय छ, ‘जलवायु परिवर्तन रोक्नका लागि शाकाहार वा मांसाहार भोजन गर्ने ?’

त्यहाँ उल्लेख भए अनुसार हालै गरिएको एक वैज्ञानिक अध्ययनबाट के पाइएको छ भने आफ्नो आसपासको पर्यावरणमा ग्रीनहाउस ग्यासको उत्सर्जन क मगर्नका लागि सबैभन्दा प्रभावकारी उपाय मासु वा दुधजन्य उत्पादनको खपत कम गर्नु हो ।

तर, मटन वा चिकन खानाले वातावरणमा कति गंभिर असर पर्छ ?

के एक कचौरा चामल वा चामलले बनेको परिकार खानुभन्दा एक प्लेट आलु चिप्स खानु पर्यावरणका लागि हितमा छ ? के वियरको तुलनामा आइस वातावरणका लागि सही छनौट हो ?

अक्सफोर्ड विश्वविद्यालयको एक शोध अनुसार वातावरणमा जुन ग्रीनहाउस हुन्छ, त्यसको चौथाई खाद्य उत्पादनबाट आउँछ । र, ग्लोबल वार्मिङमा यसको ठूलो योगदान छ । हालै सोधकर्ताले अलग-अलग खाद्यपदार्थबाट वातावरणमा कुन किसिमको असर पर्छ भन्ने पनि खोज गरेका छन् ।

उक्त शोध अनुसार खाद्य पदार्थबाट हुने ग्रीनहाउस ग्यास उत्सर्जनमा करिब आधा हिस्सा मासु वा अन्य किसिमको मांसाहारी खाद्य परिकारको कारण हो । शोधमा जति खाद्य पदार्थको विश्लेषण गरियो, तयसमा बिफ र भेडाको मासु वातावरणका लागि सबैभन्दा हानिकारक पाइयो ।

कसरी गरियो अध्ययन ?

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता जोसेफ पूर र स्विट्जरल्यान्डका एग्रोइकोलोजी एन्ड इनभाइरोमेन्ट रिसर्च डिभिजन ज्यूरिखको चामस नेमसेकले विश्वका अलग अलग स्थानमा रुचाइएको खाद्य पदार्थ एकत्रित गरे ।

त्यसमध्येबाट ४० प्रकारका मूख्य खाद्य पदार्थ छनौट गरियो । उक्त खाद्य पदर्थले वतावरणमा कस्तो असर पार्छ भनेर जाँच गरियो । उनीहरुले पृथ्वीको वातावरणमा तापमान बढाउने वा जलवायु परिवर्तनमा सहायक ग्रीन हाउस ग्यासमाथि यी खाद्य पदार्थको असरबारे अध्ययन गरियो । साथै के पनि जानकारी लिइयो भने, यी खाद्यन्न उत्पादका लागि कुल कति जमिन र पानीको प्रयोग गरिएको छ ?

उनीहरुले यसका लागि ४० हजार फार्म र १ हजार ६ सय खाद्य उत्पादन केन्द्र, खाद्य पदार्थको प्याकेजिङको बारेमा एकमुष्ठ विश्लेषण गरे । ति खाद्य पदार्थ उत्पादनको तरिका र जलवायुको असर पृथ्वीमा कस्तो छ भनेर पनि उनीहरुले अध्ययन गरे ।

हामीले के गर्ने त ?

जलवायु परिवर्तनले विश्वलाई थर्कमान बनाइरहेको अवस्थामा हामीले यसका लागि केही गर्न जरुरी छ ? पक्कै छ । हामी आफैले पनि बढ्दो जलवायु परिवर्तन रोक्नका लागि आफ्नो तर्फबाट काम गर्न सक्छौं ।

जस्तो कि, हामी बोट-बिरुवा लगाउन सक्छौं । आफ्नो जग्गा जमिन नभएपनि खुला वा सार्वजनिक स्थानमा बोट बिरुवा लगाउन सकिन्छ । प्लाष्टिकजन्य फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ । विद्युतिय उपकरणको प्रयोगमा नियन्त्रण गर्न सकिन्छ । कागजको दुरुपयोग गर्नबाट बच्न सकिन्छ । भलै यी सामान्य कुरा हुन् । तर, विश्वव्यापी रुपमा संकट ल्याउने जलवायु परिवर्तनलाई रोक्नका लागि हामी हरेकको यस्तै स-सना प्रयास जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment