+
+
Shares

यो मितिमा आउने भयो ‘बागी ३’

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते १०:४६

नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।

भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइनेछ । यो चलचित्रले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ ।
यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ ।

तर, यो बिषयमा साराले पनि केही बताएकी छैनन् । तर, चलचित्रको प्रदर्शन मिति तय गर्दै यसका निर्माताले यसपटक चलचित्र अझ विशेष हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?