Comments Add Comment

स्थानीय तहमा अधिकार बढाएर प्रदेश खारेज गर्नुपर्छः चित्रबहादुर केसी

४ पुस, डडेल्धुरा । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र प्रदेश सरकार घाँडो भएको बताएका छन् ।

डडेल्धुरामा बुधबार पत्रकारसँग कुरा गर्दै उनले संघीयता महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताए । ‘यो प्रदेशको काम छैन,  हामीले संशोधन प्रस्ताव नै तयार पारेका छाैं, कुनै पनि बेला दर्ता गर्छाैं, ‘ उनले भने ।

अध्यक्ष केसीले स्थानीय तहलाई थप अधिकार दिनुपर्ने र प्रदेश सरकार खारेज गनुपर्ने बताए ।

उनले सरकारले गर्न सक्ने काम पनि नगरेको दावी गरे । अघि भने,  ‘नौ महिनामा कायापलट त हुन सक्दैन तर यो समयमा भ्रष्टाचारीलाई कार्वाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ ।’

उनले देशमा तीन तहको निर्वाचन भएपश्चात पनि सरकारले जनअपेक्षाअनुुुसार काम गर्ने नसकेको बताए । ‘हिजो असफल भएका शक्ति केन्द्रहरुले खेल खेल्न सक्ने भएकाले संघीयतामाथि कालो बादल मडारिराखेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment