Comments Add Comment

ए डिभिजन लिगमा मछिन्द्रको पहिलो जित

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मछिन्द्र क्लबले १० औं खेलमा आएर मात्रै जित हात पारेको हो । मछिन्द्रले सस्वती युथ क्लबललाई ४–२ ले पराजित गर्दै तीन अंक बटुल्न सक्यो ।

मछिन्द्रको जितमा विशाल राई, भासाडिया डियामान्डे, अनिल गुरुङ र विकास राईले गोल गरे । यता, सरस्वतीका लागि भने फ्रान्सिस् ओन्येमाले गोल गरे । त्यस्तै, एक गोल भने मछिन्द्र क्लबका सन्जय राजबहाकले आत्मघाती गोल गरेपछि सरस्वतीले उपाहार गोल पाएको थियो ।

खेलको चौथो मिनेटमा नै आत्मघाती गोलको उपहारबाट सरस्वतीले अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा कप्तान विशाल राईले गोल गर्दै मछिन्द्र क्लबलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

२० औं मिनेटमा भासाडियाले गोल गर्दै मछिन्द्र क्लबलाई २–१ गोलको स्थितिमा पुर्‍याए । २५ औं मिनेटमा अनिलले गोल गर्दै मछिन्द्रलाई ३–१ गोलको अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई ३–२ गोलको स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा पेनाल्टीबाट विकासले गोल गरेपछि मछिन्द्रले सरस्वतीलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment