८ पुस, विराटनगर । मोरङको बेलवारीमा गुडिरहेको बसमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार दिउसो पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका १० पेट्रोलखानी जंगल खण्डमा ना ४ ख ४८१३ नम्बरको बसमा मे ८ प १८७८ नम्बरको मोटरसाइकल ठोक्किदा इलाम फाकफोकथुम गाउँपालिका ३ का २२ बर्षका प्रबिन तामाङ र झापा बुधशान्ति गाउँपालिका ४ का ४० वर्षीया नरमाया तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गुडिरहेको बसको पछाडि भागमा मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उनीहरुको उपचारकै क्रममा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4