९ पुस, काठमाडौं । सरकारले विदामा स्वदेश आएका घरेलु कामदारलाई पुनः विदेश जान दिने प्रस्ताव गरेको छ । तर, संसदीय समितिले त्यसलाई अस्वीकार गरेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदामा आएका घरेलु कामदारलाई पुनः रोजगारीका लागि फर्किन दिनुपर्ने धारणा राखेका हुन् ।
‘आमाको निधन भएर विदामा आएको तर, काजकिरिया सकेर पुनः जान नपाएको गुनासो समेत आएको छ’, उनले भनेका छन्, ‘सुरक्षित महशुस गर्छन् र कमाई पनि राम्रो छ भने उनीहरुलाई जान दिनुपर्छ भन्ने मेरो धारणा हो ।’
तर, समितिले सरकारी प्रस्ताव अस्वीकार गरेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तबले समितिले अर्को निर्णय नगर्दासम्म घरेलु श्रमिकलाई जान नदिन निर्देशन दिए ।
घरेलु कामदारमाथि शोषण हुने गरेको घटनाहरु बाहिरिएपछि संसदीय समितिले ०७३ चैत २२ मा खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको थियो ।
प्रतिक्रिया 4