Comments Add Comment

प्रदेश ३ का दुई ठाउँमा निर्माण कार्यान्वयन इकाइ गठन

१० पुस, हेटौंडा । समाजिक विकास मन्त्रालयले प्रदेश ३ का दुई ठाउँमा सार्वजनिक निर्माण कार्यान्वयन इकाइ गठन गरेको छ ।

प्रदेश मातहत रहेको १३ वटै जिल्लामा पूर्वाधार निर्माणको कामलाई गति दिनका लागि मन्त्रालयले धादिङको गजुरी र काभ्रेको धुलिखेलमा इकाइ गठन गरेको मन्त्रालयका सचिव दिर्धनारायण पौडेलले बताए ।

मन्त्रालयले गर्ने कामको सहजताका लागि इकाइ गठन गर्दै कामलाई गती दिन खोजिएको सचिव पौडेलले बताए ।

पहिलो चौमासिकमा काम गर्न नसकिएपपछि निर्माण कार्यान्वयन इकाल गठन गरिएको भन्दै सचिव पौडेलले अब कामको गुणस्तरीयतालाई समेत ध्यान दिएर काम हुने बताए ।

१३ जिल्लामै शिक्षा, स्वास्थ्य र खेलकुदको पूर्वाधार निर्माणको कामका लागि सम्झौता गर्दै कामलाई अघि बढाउने तयारी मन्त्रालयले गरेको छ ।

धुलिखेलको इकाइले भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप सिन्धुली र काभ्रेलाई र धादिङको गजुरीमा रहेकोले रसुवा, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर र धादिङमा हुने पूर्वाधार निर्माणको काम हेर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्न ५ स्थानमा स्वास्थ्य कार्यालय स्थापना गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय खारेजपछि स्थानीय स्तरमा सेवा दिनका लागि प्रदेश सरकारले रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट र चितवनमा स्वास्थ्य कार्यालय स्थापना गरेको मन्त्रालयका सचिव पौडेलले जानकारी दिए ।

मन्त्रालयले यस आर्थिक वर्षका लागि १ सय १९ वटा कार्यक्रम स्किृत गरेको छ । जसका लागि २८ अर्ब ९७ करोड बराबर रकम छुट्याएको छ । प्रदेशले स्वास्थ्यमा ९५, सामाजिक विकासमा ४१ र शिक्षामा ५६ वटा कार्यक्रम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment