+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पर्यटनमन्त्रीले ‘हावा कुरा’ गरेको महालेखा परीक्षकको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १८:५१

११ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नैतिक संकटमा परेका छन् । वाइडबडीको भुक्तानीबारे मन्त्री अधिकारीले ‘हावा कुरा’ गरेको महालेखा परीक्षकले प्रतिक्रिया दिएका छन् ।

मन्त्री अधिकारीले मंगलबार संसदीय समितिको बैठकमा बोल्ने क्रममा वाइडबडी विमानको भुक्तानी दिनूपूर्व महालेखा परीक्षकसँग परामर्श गरेको बताएका थिए ।

तर, मन्त्री अधिकारीले यस्तो भनेको भोलिपल्टै महालेखा परीक्षक टंकमणि शर्माले मन्त्री अधिकारीको भनाइलाई ‘हावा कुरा’ बताएका छन् । शर्माले वाइडबडी ल्याउनु वा नल्याउनु आफूले केही नभनेको बताएका छन् ।

‘मैले यसबारेमा मन्त्रीज्यूसँग पनि कुरा गरिसकें, वहाँले महालेखा परीक्षकको रायपछि ल्याएको भन्नुभएछ, त्यो होइन’ महालेखा परीक्षक शर्माले अनलाइनखबरसँग भने, ‘म न वहाँको अफिस (मन्त्रालय) गएको छु, न वहाँ मेरो अफिसमा आउनुभएको छ, मैले जहाज ल्याउनुस् भनेको कुरा गलत हो ।’

मंगलबार सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित उपसमितिको बैठकमा मन्त्री अधिकारीले आफूले मन्त्री भएपछि महालेखा परीक्षकलाई बोलाएर छलफल गरेको बताएका थिए ।

छलफलमा महालेखा परीक्षकले पहिले जहाज ल्याउनुस्, हेर्ने कुरा पछि हेरौंला भनेपछि भुक्तानी दिएर जहाज ल्याएको मन्त्री अधिकारीले उपसमितिको बैठकमा बताएका थिए ।

तर, सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिमा पनि मन्त्रीले बोलेको कुरा गलत भएको महालेखा परीक्षक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?