+
+
Shares

नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १८:१४

११ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सत्तारुढ नेकपाका नेताहरुले आफ्नो मानहानी गरेको भन्दै अदालतले जाने चेतावनी दिएका छन् ।

झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

बुधबार पत्रकार सम्मेलन गरेर झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार र कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरे ।

आफ्नो मान सम्मान र प्रतिष्ठामा आँच आउनु गरी बोल्नु अघि अध्ययन गर्न नेताहरुलाई सचेत गराएका छन् ।

तर, सरकारलाई सहज बनाउन आफू कुनै पनि बेला पद छाड्न पनि तयार रहेको बताए । ‘मेरो कारणले सम्माननीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुको बदनामी हुन्छ भने म पद छाड्न पनि तयार छु’ उनले भनका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?