११ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।
धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् । मन्त्रालय उच्च स्रोतले झाले राजीनामा दिएको पुष्टि गरेका छन् ।
त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए ।
झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।
बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4