Comments Add Comment

मलाइकासँग अर्जुनको डिनर डेट

नायिका मलाइका अरोरा खान र नायक अर्जुन कपुरले आफ्नो प्रेमलाई अब सार्वजनिक गर्न थालिसकेका छन् । अर्जुन र मलाइकाविचको प्रेमकै कारणले गर्दा मलाइकाको डिभोर्स भएको वुझ्न पनि अब धेरै सोचिराख्न पर्दैन ।

उनै, मलाइका र अर्जुन डिनर डेटमा रमाउँदै गरेको तस्बिर र भिडियो भाइरल भएको छ । अर्जुन आफ्नी बहिनी अन्सुला कपुरको जन्मदिन मनाउन सिंगापुर उड्दैछन् । सिंगापुर उड्नु अगाडि उनी आफ्नी प्रेमिका मलाइकासँग डिनर डेटमा पुगेका हुन् ।

बलिउडका कलाकारलाई अब नयाँ बर्षले छोएको छ । उनीहरु नयाँ बर्ष मनाउनका लागि भारत बाहिर जाने गर्दछन् । मलाइका र अर्जुनको लामो समयदेखि प्रेम चलेको खबर सार्वजनिक भएको थियो । तर, उनीहरुले मलाइकाको डिभोर्स नभएसम्म यो खबरलाई लुकाउँदै आएका थिए । तर, डिभोर्स गरेर एक्लै बस्न थालेपछि मलाइका र अर्जुनले प्रेमलाई सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment