१३ पुस, काठमाडौं । राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन भएको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको हो ।
मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर रहेका छन् ।
राष्ट्रियसभा बैठकले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । त्यसअघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै राहदानी विधेयक चाँडो पारित गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4