Comments Add Comment

काशी तिवारी हत्याकाण्ड : सर्वोच्चबाट कुशवाहले पाए सफाइ

१३ पुस, काठमाडौं । काशी तिवारी हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका सियाराम कुशवाहलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरे पनि सर्वोच्च अदालतले उक्त फैसला उल्ट्याएको हो । उनलाई सर्वोच्चमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सफाइ दिएको हो. ।

कुशवाह तत्कालिन नेकपा माओवादीबाट रौतहटको कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए ।

हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment