+
+
Shares

विद्यार्थी आन्दोलनको जिम्मेवारी बदलियोः क्रान्तिकारी उपाध्यक्ष गौतम

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते २०:०७

१३ पुस, हेटौंडा । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले विध्यार्थी आन्दोलनको जिम्मेवारी बदलिएको बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु शहीद स्मृति क्याम्पस समितिद्वारा संयुक्त रुपमा सहिद स्मारक हेटौंडामा आयोजित बनभोज कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भने, ‘हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा मुख्य भूमिकामा देखिएको विध्यार्थी संगठनले आज शैक्षिक मुद्दाहरु सम्बोधन गराउन श्रेष्ठसावित हुन जरुरी छ ।’

बढ्दो शैक्षिक विकृती, बिसंगती अन्त्यको निम्ति ध्रुवीकृत हुँदै गरेको अखिलले सफल नेतृत्व गर्ने गौतमले दाबीसमेत गरे ।

फरक सन्दर्भमा उपाध्यक्ष गौतमले तत्कालीन एमाले निकट अनेरास्ववियु र तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीबीचको एकता अब छिट्टै सम्पन्न हुने बताए । यसको लागि पार्टीको स्थायी समितिले कार्यदल गठन गरेको चर्चा गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण खनाल र अर्का प्रदेश सांसद कन्चन खनालले पार्टी एकतामा भएको बिलम्बले विद्यार्थी संगठनको एकतामा केही असर गरे पनि अब छिट्टै सम्पन्न हुन गैरहेको बताए ।

कार्यक्रममा विद्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रभास सुवेदी, क्याम्पस अध्यक्ष अमृत वस्ती, अनेरास्ववियुका केन्द्रीय सदस्य स्वरुप फुयाँल लगायत उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?