Comments Add Comment

वाइडबडी किन्दा अनियमितता भएको संसदीय उपसमितिको ठहर

१५ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविन गर्न संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको छ । जुन प्रतिवेदनमा वाइडबडी किन्दा अनियमिताता भएको ठहर गरिएको छ ।

छानविन गर्नका लागि १५ दिनको समयसीमा पाएको उपसमितिले निर्धारित समयमानै प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । प्रतिवेदनलाई अन्तिम रुप दिएको र चाडै लेखा समितिमा बुझाइने संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

‘प्रतिवेदन तयार भएको छ, केहिदिनमा नै बुझाउने तयारीमा छौं’ संयोजक केसीले अनलाइनखबरसँग भने, ‘यहीँ दिन बुझाउछौं भन्ने टुंगो लागेको छैन, म सभापतिज्यूलाई भेट्न जादैछु ।’ उनले लेखा समितिको अब बस्ने बैठकमा नै प्रतिवेदन बुझाउने तयारी रहेको समेत जानकारी दिए ।

प्रतिवेदनमा के छ भन्ने विषयमा भने अहिले आफूले बोल्न नमिल्ने बताए । धेरै कुराहरु बाहिर आइसकेको र अध्ययनका क्रममा तिनै विषयहरु समेत भेटिएको उनले बताए । यसअघि तयार भएका १० आधारहरु समेत समेटिएको उनले जानकारी दिए ।

सांसद केसीको भनाईलाई आधार मान्दा जहाज खरिद प्रकरणमा अनियमितता भएको उपसमितिले ठहर गरे जस्तो बुझिन्छ । उपसमितिले विभागीय मन्त्री, सचिव, वायुसेवा निगमका अधिकारी, पूर्वमन्त्री साथै महालेखा परीक्षकको कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेको थियो ।

समितिकै सदस्य एवं नेकपा सांसद प्रेम आलेले जहाज खरिद प्रकरणमा अनियमितता भएको छैन भन्न सकिने ठाउँ कहिकतै नभेटिएको बताए ।

पार्टपुर्जामै समेत अनियमितता भएको सांसद आलेको भनाइ छ । उनले भने, ‘एउटा विजनेश क्लास सिटकोमात्रै ५५ हजार अमेरिकन डलर पर्छ भने इकोनमिक क्लासको पनि ३० हजार डरल पर्छ । सिटको गुणस्तर हेर्दा त्यस्तो देखिदँैन थर्ड क्लास छ, यसमै अनियमितता भएको छ ।’ सांसद आलेले यस विषय पनि प्रतिवेदनमा समेटिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment