१६ पुस, काठमाडौं । अंग्रेजी वर्ष २०१८ बिदाइको क्षणमा छ । २०१८ लाई मानिसहरुले फरक फरक ढंगले सम्झिरहेका होलान् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भने २०१८ लाई करण केसीको वर्ष भनेका छन् ।
हाल अष्ट्रेलिया भ्रमणमा रहेका पारसले सबै समर्थक, क्रिकेटर र परिवारहरुलाई धन्यबाद दिँदै अघि लेखेका छन्, ‘एउटा लक्ष्य पूरा भएको क्षण र भविष्यका लागि नेपाली क्रिकेटले बाटो पाएको क्षण ।’
The @karankc33 year.The moment when destiny took over and life had bigger plans for the future of Nepal Cricket.
Thankful to all the fans,cricketers,families and people around us.
Let us grow into honest,bigger and better individuals
Happy New year 2019
Pic: @PeterDellaPenna pic.twitter.com/Y1BsS46aaZ— Paras Khadka (@paras77) December 31, 2018
हुन पनि २०१८ फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टू को खेल नेपाली क्रिकेटमा अर्को मोड नै बन्यो ।
तर, करणको नायकी प्रदर्शनसँगै अघिल्लो चरणमा पुगेको नेपालले एकदिवसीय मान्यता समेत हात पारेको छ ।
४७ बलमा ५१ रन चाहिएको अवस्थामा करण केसीकै ब्याटिङको मद्धतमा नेपालले क्यानडालाई एक विकेटले हराएको थियो । जसमा करणले ३१ बलमा ४२ रन बनाएका थिए ।
त्यो क्षण सम्झँदै करणले अनलाइनखबसँग भनेका छन्, ‘हाम्रो लागि मुख्य चुनौती नै डिभिजन टू थियो । त्यसले नेपाली क्रिकेटको भविष्य कता लैजाने भन्ने निर्क्योल गर्थ्यो । कति सिनियर खेलाडीहरुको त त्यो अन्तिम अवसर हो जस्तो लाग्थ्यो । जे होस्, हामीले राम्रो गर्न सकेका हौं ।’
२०१८ को अन्त्यमा क्रिकेट पछ्याउने विश्वभरका समर्थकले पनि नेपाली क्रिकेटर केसीलाई पनि सम्झिरहेका छन् ।
क्रिकेट वेबसाइट क्रिकइन्फोले ‘२०१८ मा तपाईंलाई सबैभन्दा मन परेको पल कुन हो ?’ भन्ने समाचारमा अन्तर्राष्ट्रिय क्रिकेटमा गत वर्ष भएका २५ वटा मुख्य घटनामा समावेश गरिएको छ, जसमा डिभिजन टुको खेलमा क्यानडाविरुद्ध करण केसीले खेलेको इनिङ पनि परेको छ ।
भोटिङका आधारमा करण दोस्रो नम्बरमा आइसकेका छन् र अनलाइन भोटिङ जारी नै छ ।
प्रतिक्रिया 4