Comments Add Comment

यी हुन् प्रियंका कार्कीका मनपर्ने बलिउड स्टार

नायिका प्रियंका कार्कीको काम गर्ने शैली बलिउड नायिका प्रियंका चोपडासँग मिल्दोजुल्दो छ पनि भनिन्छ । प्रियंका चोपडाले गीत गाएपछि कार्कीले पनि गीत सार्वजनिक गरेकी थिइन् । उनीहरुको इन्गेजमेन्टको अवधी, प्रेम गर्ने स्टाइल पनि उस्तै देखिएको थियो ।

यसैले पनि प्रियंका चोपडासँग प्रियंका कार्कीको शैली मिल्छ भनिएको होला । उनै कार्कीले एक फ्यानले बलिउडका मनपर्ने नायक–नायिका को–को हुन् भनेर प्रश्न सोधेका छन् । जवाफमा नायिका कार्कीले प्रियंका चोपडाको नाम लिएकी छिन् । तर, चोपडा मात्र उनको मनपर्ने बलिउड स्टार होइनन् ।

उनलाई मनपर्ने बलिउड कलाकारमा नायिका आलिया भट्ट, नायक रणवीर कपुर, नायिका तब्बु, नायिका अनुष्का शर्मा समेत पर्दा रहेछन् । जुलाइ महिनामा प्रेमी आयुष्मान देशराजसँग बिहे गर्ने तयारी गरेकी नायिका कार्की हाल चलचित्र र म्युजिक भिडियोकोमा काममा व्यस्त छिन् । फ्यानसँग उनी यसरी नै जोडिन्छिन् र आत्मियता साट्ने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment