Comments Add Comment

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ७ अंकले घट्यो

२२ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । एउटा समूहबाहेक सबै समूह नकारात्मक देखिँदा नेप्से परिसूचक ७ दशमलव २२ अंकले  घटेको छ ।

आइतबार सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । निर्जिबन बीमा समूह ७९ दशमलव ०८ अंकले ओरालो लागेको छ । बैंकिङ, होटल, विकास बेंक, लघुवित्त, जीवन बीमा, उत्पादनमूलक, जलविद्युत्, फाइनान्स लगायतका सबै समूहहरु ओरालो लागेका छन् भने अन्य समूहमात्रै उकालो लागेको छ ।

अघिल्लो साता लगातार साताभरी नै ओरालो लागेको सेयर बजार यो साताको पहिलो दिननै गिरावट देखिएको छ । ७ दशमलव २२ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय ७० दशमलव ७९ अंकमा झरेको छ ।

आइतबार कारोबार रकम भने ३१ करोड भन्दा माथि देखिएको छ । दिनभर भएका ४ हजार २ सय ५२ कारोबारबाट विभिन्न कम्पनीका १३ लाख ६३ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ३१ करोड ३ लाख १४ हजार २ सय २२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) पहिलो नम्बरमा देखिएको छ । एनसीसीको ३ करोड ३२ लाख ८ हजार २ सय १९ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment