Comments Add Comment

अनिल कपूर यो उमेरमा पनि कसरी फिट ?

भारतीय अभिनेता अनिल कपूर उमेरले ६२ वर्षको भए । २४ डिसेम्बेर १९५६ मा मुम्बईको चेम्बुर शहरमा जन्मेका अनिल कपूर चर्चित फिल्म प्रोड्युसर सुरेन्द्र कपूर तथा निर्मल कपूरका छोरा हुन् । ६२ वर्षको उमेरमा पनि उनी जति फिट र जवान देखिन्छन्, लुक्सलाई लिएर पनि उत्ति नै चर्चामा रहने गर्छन् । छोरी सोनमको विवाहमा उनको फिटनेसलाई लिएर पनि सोसल मिडियामा उनको निकै चर्चा चलेको थियो । तीन छोराछोरीका पिता समेत रहेका अनिल कपूरलाई यो उमेरसम्म पनि फिट रहन के ले साथ दिएको छ ? आखिर, उनको फिटनेशको पछाडीको रहस्य के हुनसक्छ ?

दिनमा  ५-६ पटक खाना खान्छन्

अनिल कपूर आफूलाई यस अर्थमा भाग्यमानी मान्छन् कि उनी उमेर सम्बन्धि आम समस्याबाट मुक्त छन् । उनी दिनमा ५-६ पटकसम्म खाना खान्छन् । जसमा दाल, सागसब्जी, ओट्स, माछा, मासु, ब्रोकाउली तथा प्रोटिन शेक समावेश छन् ।

विहानदेखि बेलुकीसम्म के खान्छन् ?

अनिल कपूर नियमित रुपमा विहान छ बजे उठ्छन् । उठ्नासाथै खाली पेट एक बोटल पानी पिउँछन् । त्यसको केही क्षण पछि उनी साईकिलिङ्ग ताथ जंगिग गर्न निस्किन्छन् ।

उनी विहानको नास्तामा केरा खाने गर्छ, केराले शरीरमा कार्बोहाइड्रेट, पोटाशियम तथा आइरन प्राप्त हुन्छ । त्यस्तै, उनी नास्तामा अण्डाका साथ अनाज र फलफूलको सेवन गर्छन् । स्याण्डविचको साथमा बन्दा खान रुचाउँछन् ।

दिनभरमा उनी पाँच/छ पटकसम्म दुई दुई घण्टाको अन्तरालमा केही न केही सेवन गरिरहेकै हुन्छन् । साथै, आफूले कति क्यालोरी लिएको छ, त्यसको पनि ध्यान राख्छन् ।

उनलाई स्ट्रबेरी तथा एप्पल जूस मनपर्छ । उमालेको बन्दा र सलादलाई विभिन्न प्रकारका सससित खान मनपर्छ ।

दिउँसोका खानामा ब्राउन राईसका साथमा दाल खान रुचाउँछन् । साथमा करिब ४० ग्राम प्रोटिन शेक खान्छन् । कहिलेकाही प्रोटिन सेकको साथमा अंकुरित अनाज लिन्छन् ।

साँझमा उनी छिटै डिनर गर्छन् । जसमा उनी दुई सय ५० ग्राम चिकन र फिश  खान्छन् ।

चिनी छुदाँ पनि छुदैनन्

एक अन्तर्वाताका क्रममा अनिल कपूरकी छोरी सोनम कपूरले बताएकी थिइन् कि उनको पिता अनिल कपूर रातमा एघार बजे सुत्छन् । जसले गर्दा उनी ढिलोसम्म सञ्चालन हुने पार्टीहरुमा कमै देखिने गर्छन् । त्यतिमात्र हैन, अनिल कपूर चिनीबाट बनेका परिकार तथा जंकफुडबाट समेत तीन कोश पर भाग्छन् । अनिल कपूरको बुझाईमा कुनै पनि रोगको सुरुवात चिनीबाटै सुरु हुन्छ र चिनीकै कारण हुने गर्छ । त्यसैले, चिनी जति कम खायो, मानिस त्यति नै स्वस्थ रहन्छ ।

दुई तीन घण्टा एक्सरसाइज गर्छन्

अनिल कपुर दैनिक दुईदेखि तीन घण्टा वर्कआउट गर्नमा व्यस्त हुन्छन् । उनी शरीरको आवश्यकता हेरेर वर्कआउट गर्दछन् । प्रत्येक दिन दश देखि बीस मिनेट कार्डियो गरेपछि उनी पि|m वेट, पुसअप, क्रंचेज, चेयर स्क्वाट जस्ता वर्कआउट गर्छन् । उनको वर्कआउटमा साइकिलिंग पनि पर्छ । विहान उठ्ने वित्तिकै उनी कि त साईकिलिङ्ग गर्छन् कि त जंगिग गर्छन् । उनले योगालाई पनि आˆनो जीवनमा प्रमुख स्थानमा राखेका छन् ।

मज्जाले सुत्छन्

कम निद्राका कारण मानिसहरु प्राय तनावमा रहने गर्छन् । जबकी अनिल कपूर भने  निद्राको कमी नहोस् भन्नकै लागि दिनभर बेस्सरी मेहेनत गर्छ । र, रातमा आरामले सुत्छन् । उनी प्राकृतिमा धेरै विश्वास गर्छन् । उनी भन्छन्, आˆनो कपाल र छालालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो तरीका भनेको एक्सरसाइज गर्नु र सन्तुलित आहार लिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment