+
+
Shares

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २४ गते १३:०४

२३ पुस, काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको हो । राष्ट्रसंघको स्थायी प्रतिनिधिमा यसअघि परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो ।

तर सचिव शंकरदास बैरागीले आफू पूरै कार्यकाल सचिवकै भूमिकामा रहने इच्छा व्यक्त गरेपछि राईले अवसर पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा राईलाई न्यूयोर्कको स्थायी प्रतिनिधि बनाइएको स्रोतले जनाएको छ ।

राई परराष्ट्र मन्त्रालयभित्र काबिल सहसचिवका रुपमा चिनिन्छन् ।

यसअघि सरकारले स्थायी नियोगका तत्कालिन प्रमुख दुर्गाप्रसाद भट्टराईलाई साउनमा फिर्ता बोलाएको थियो । उनी अवधि सकिएर पनि बसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?