Comments Add Comment

सल्लाघारीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, १ घाइते

२५ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा ९४ प ७१७४ नं.को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसका चालक २९ वर्षीय सहीद तामाङको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते तामाङलाई उपचारका लागि ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार शेरबहादुर तामाङ घाइते भएका छन् । उनको अहिले ईवामुरा अस्पताल सल्लाघारीमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment