+
+
Shares

पाटन दरबारको पुनर्निर्माण हेर्न पुगे प्रधानमन्त्री (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २ गते १७:०५

२ माघ, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा २०७२  सालको भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए ।

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख चिरिबाबु महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?