Comments Add Comment

हृतिक रोशनको फिटनेश सिक्रेटः सन्तुलित आहार  र डाइट सप्लिमेन्ट   

भारतीय अभिनेता ऋतिक रोशन जति आर्कषक छन्, शारीरिक रुपमा पनि उत्तिकै फिट देखिन्छन् । उमेरको हिसाबले उनी ४२ बर्षका भए । तर, उनलाई अझैपनि उत्तिकै जवान र उर्जावान् देखिन्छन् ।

आखिर, हृतिक त्यस्तो के गर्छन्, जसले उनलाई यति धेरै फिट रहन मद्दत गर्छ ?

मेरो जीवनको एक मात्र मन्त्रः वर्कआउट

हृतिक भन्छन्,  ‘फिट रहनका लागि सन्तुलित खानपान र पोषणयुक्त खानेकुरा जरुरी छ । र मेरो जीवनको अभिन्न अंग भनेको मेरो वर्कआउट हो । यसले मलाई अनुसासनमा राख्नुका साथै शारीरीक तथा मानसिक रुपमा मजुवत राख्न मद्दत गर्छ । वर्कआउट गर्नाले तनाव पनि कम हुने गर्छ ।’

नियमित वर्कआउट गर्दिन

यो थाहा पाएर अचम्म लाग्न सक्छ । तर हृतिक रोशन नियमित वर्कआउट गर्दैनन् । आˆनो सुटिङ सेड्युलका अनुसार उनी सातामा चार देखि पाँच दिन मात्र वर्कआउट गर्छन् । बरु धेरै भन्दा धेरै समय शरीरलाई आराम दिन्छन् । वर्कआउट गर्नकै लागि कि त उनी जुहुको जिम जान्छन् कि त घरमै बसेर एक्सरसाइज गर्छन् ।

वर्कआउट गर्दा उनी सातामा एक देखि दुई पटक वेट टे्रनिङ्ग र कार्डियो गर्छन् । साथै, अलग अलग दिन अलग अलग अंगका एक्सरसाइज गर्छन् । विहान भने उनी कार्डियो नै गर्छन् । उनी शरीरको सबै अंगहरुलाई ध्यानमा राखेर कम्तीमा आधा घण्टा ट्रडमिलमा दौडछन् ।

उनीसित एक्सरसाइज एक्यूपमेन्टको दुई अलग अलग सेट छ । त्यसमध्यको एक उनी घरैमा राख्छन् । अर्को भ्रमणका क्रामा आफूसितै लैजान्छन् । यो आयात गरिएको प्रेशर पुल मेसिन हो, जसलाई उनी खाली समयमा गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यस्ता उपकरणलाई म समथल भुईमा अड्याउँछु र ह्याण्डल उठाएर बाइसेप्सको एक्सरजाइज गर्न थाल्छु’ ।

लेग ट्रेनिङ खासै मन पर्दैन

ऋतिकलाई एक्सरसाइज गर्दा मन नपर्ने कुरा खासै केही छैन । उनलाई पाखुराको ट्रेनिङ्ग गर्न निकै मन पर्छ । तर लेग ट्रेनिङ्ग गर्दा खुट्टा दुख्ने भएकोले चाहीँ यस किसिमको टे्रनिङ्ग उनलाई मन पर्दैन ।

आफ्नो फ्यानका लागि यस्तो फिटनेस टिप्स

ऋतिकका अनुसार शरीरका लागि एक्सरसाइज जरुरी छ । साथमा, सन्तुलित आहार र पोषण पनि निकै जरुरी छ । तर त्यसो भन्दैमा आˆनो क्षमता भन्दा धेरै वर्कआउट गर्नु हुँदैन । शरीरलाई आराम दिन पनि उत्तिकै जरुरी छ । उपर्युक्त डाइट फलो गरेर पर्याप्त मात्रामा पानी पिएमा मात्र शरीरलाई स्वस्थ एवं तन्दरुस्त राख्न सकिन्छ ।

डाइट सप्लीमेन्ट

हृतिक दिनमा दुई पटक मायोप्लेक्स खान्छन् । यसले उनको दैनिक आवश्यक पर्ने कार्ब र प्रोटिनको आवश्यकता पूरा गर्छ । त्यसबाहेक, उनी घरैमा प्रोटिन बार लिन्छन् । खानाको बीचमा भोक लागेमा पनि उनी त्यही खाने गर्छन् । उनको बुझाई छ, चिप्स लगायतका जंकफुड खानु भन्दा प्रोटिन बारको सेवन लाख गुणा बढी लाभदायक छ ।

उनको ट्रनरले उनलाई चकलेट मिल्कशेक खान सल्लाह दिने गर्छन् । उनी तारेको तथा भुटेको खानेकुरा खाँदैनन् । विहान नास्ता आवश्यक हुने भएकोले उनी विहानीमा हेबी ब्रेकफास्ट गर्छन् । उनी घ्यू, बटर कमै मात्रामा खान्छन् । बरु प्रोटिन, कार्बोहाइड्रेट र फ्याटसित आˆनो आहारको सन्तुलन कायम गर्छन् । उनी पर्याप्त मात्रामा पानीको सेवन गर्नुका साथै धुमपानबाट टाढै रहन्छन् ।

हृतिक खानाका सौखिन छन् । जब उनी डाइटमा हुँदैनन् तब उनी प्रोटिन पाउडरबाट निर्मित शुगर फ्रि प्यान केक खान्छन् । उनी प्रोटिन पाउडर र दहीको साथमा केराबाट बनेको पकवान खाने गर्छन् । यसको साथमा हृतिक सप्लीमेन्ट खाने गर्छिन् ।

सामान्यतयाः हृतिक ब्रेकफास्टमा चारवटा अण्डा, दुईटा ब्राउन ब्रेड, प्रोटिन सेक, नट्स, दूधको साथ कर्न फ्लेक्स र फल खान्छन् । खानामा दुईटा रोटी, हरियो सागसब्जी, चिकन ब्रेस्ट, सलाद, फिश स्न्याक्स, प्रोटीन शेक, अण्डाको सेतो भाग टोष्टका साथ खानु हुन्छ ।

रातीको खानामा ऋतिक ब्राउन ब्रेडको साथमा अण्डा, आधा चिकन वा स्टिर फ्राई फिश, हरियो सागसब्जी र सलाद खान्छन् ।

यसबाहेक, ऋतिकलाई चकलेट मिल्क शेक पनि निकै मन पर्छ । त्यसैले, जब जब उनलाई शेक पिउनु पर्छ तब उनी चकलेट मिल्क शेक पिउन मन पराउँछन् । यसबाहेक, फिल्मको सुटिङ्गका बीचमा उनी प्रोटिन बार खान रुचाउँछन् । बदाम र ब्राउनीलाई उनी आफ्नो कमजोरी ठान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment