Comments Add Comment

ईयूको आरएण्डडी स्कोरबोर्डमा ह्वावे पाँचौ स्थानमा

३ माघ, काठमाडाैं । सूचना तथा संचार प्रविधि आइसीटी ह्वावेले आफूले ग्लोबल प्रोभाइडरले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएकाे छ ।

यूरोपेली संघ (ईयू) को २०१८ को लगानी स्कोरबोर्डमा ह्वावे अनुसन्धान र विकास (रिसर्च एण्ड डिभ्यालपमेन्ट) (आरएण्डडी) पाँचौँ स्थानमा परेकाे कम्पनीले बताएकाे छ ।

‘ईयूको स्कोरबोर्डमा अनुसार सन् २०१८ मा ह्वावेले अनुसन्धान र विकासमा १२ अर्ब अमेरिकी डलर खर्च गर्यो । वर्षैपिच्छे सो लगानी १६.६ प्रतिशतले वृद्भि भएको छ र सन् २०१८ को ईयू औद्योगिक आर एण्ड डी लगानी स्कोरबोर्डमा ह्वावे कम्पनी पाँचौ स्थानमा छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सामसङ, अल्फाबेट, फोक्सवेगन, माइक्रोसफ्ट, ह्वावे, इन्टेल, एपल, रोश जनसन एण्ड जनसन तथा डेमलर ल्याडर बोर्डमा रहाक उत्कृष्ट दश कम्पनीमा परेका छन् । यो सूची सन् २०१८ मा विश्वका २५ सय प्रभावशाली कम्पनीहरूले खर्च गरेर गरेका अनुसन्धान तथा विकासमा आधारित छ ।

प्रत्येक कम्पनीले अनुसन्धान तथा विकासमा २ करोड पचास लाख यूरोभन्दा बढी लगानी गरेका छन् र कुल लगानी ७३६.४ अर्ब यूरो पुगेको छ ।

तथ्यांकका अनुसार चिनियाँ प्रविधि कम्पनीहरूमा भएको कुल अनुसन्धान तथा विकाससम्बन्धी खर्च सन् २०१८ मा ७१.२ अर्ब यूरो रहेको भने ह्वावे एक्ललै त्यसमा कुल भागको सात भाग योगदान गरेको थियो ।

अन्य चिनियाँ कम्पनीहरूको तुलनामा ह्वावेले आर्टि्भिसियल इन्टेलिजन्स प्रविधि र भावी फाइभ जी कम्युनिकेशनको प्रबर्द्धनमा बढी लगानी गरेको छ ।चीनका ४३८ कम्पनीहरू सूचीमा छन् र सूचीको कुल १० प्रतिशत ती कम्पनीहरूले समेट्दछन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चीनको अनुसन्धान र विकासमा २० प्रतिशत वृद्धि आएको छ जुन विश्वको औसत ८.३ वृद्धिदर भन्दा बढी हो । सन् २०१८ मा ह्वावेले विश्वव्यापी स्मार्टफोनको बजारमा दोस्रो स्थान हासिल गरेको थियो ।

आइडीसी, एसए, क्यानालिस तथा काउन्टरपोइन्ट्सले सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा ह्वावे विश्वव्यापी स्मार्टफोनको बजारमा दोस्रो स्थानमा छ ।

उच्च गुणस्तर, उत्कृष्ट प्रविधि तथा डिजाइनहरू भएका स्मार्टफोनहरू निरन्तर बजारमा ल्याउन सफल भएकाले ह्वावेले विश्वव्यापी प्रयोगकर्ताहरूबाट बढ्दो लोकप्रियता र सकारात्मक प्रतिक्रिया पाएको छ ।

ह्वावेको सफलताको सूत्र भनेको नै अनुसन्धान तथा विकाससम्बन्धी यसको निरन्तर र बृहत् लगानी हो । ह्वावेमा १० प्रतिशतभन्दा आम्दानी अनुसन्धान तथा विकाससम्बन्धी कार्यहरूमा लगानी गरिन्छ । सन् २०१७ मा विश्वव्यापी प्रविधि कम्पनीहरूमा ह्वावेको अनुसन्धान तथा विकास छैठौँ स्थानमा थियो ।

सन् २०१७ को वार्षिक प्रतिवेदनका अनुसार ह्वावेका ८० हजार कर्मचारीहरू अनुसन्धान तथा विकाससम्बन्धी कार्यहरूमा संलग्न थिए र त्यो संख्या कुल कर्मचारीहरूको ४५ प्रतिशत हो ।

सन् २०१८ को ईयूको औद्योगिक नुसन्धान र विकास (रिसर्च एण्ड डिभ्यालपमेन्ट–आरएण्डडी- स्कोरबोर्डमा विश्वव्यापी प्रविधि कम्पनीहरूमा ह्वावेको अनुसन्धान तथा विकास छैठौँ स्थानमा थियो ।

ह्वावे पहिलो पटक नेपालमा क्यारिअर तथा इन्टरप्राइज व्यापारमा केन्द्रित हुनेगरी १९ वर्षअघि प्रवेश गरेको थियो । आज ह्वावे आइसीटी सलुसनमा एउटा गौरान्वित अग्रणी कम्पनी हो । सन् २०१४ मा ह्वावेले औपचारिक रूपमा स्मार्टफोन उद्योगसम्बन्धी व्यवसाय सुरू गरेको थियो ।

ह्वावे छोटो अवधिमै नेपालको बजारमा सबैभन्दा बढी रूचाइएकोमध्येको एउटा ब्रान्ड बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment