Comments Add Comment

खोपकेको नेपाललिक्स रिपोर्टमाथि अरुणकुमार चौधरीको आपत्ति

६ माघ, काठमाडौं ।  खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा तयार पारेको रिपोर्टमा आफ्नो नाम जोडिएको भन्दै उद्यमी अरुणकुमार चौधरीले आपत्ति जनाएका छन्।

ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी समाचारमा उल्लेख गरिएको थियो। यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको भन्दै चौधरीले त्यसबेला समेत प्रष्टीकरण दिएको बताए। सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको उनले बताएका छन्।

जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा त्यस कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो। हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं।

उनले ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने त्यस बेलाको सहज व्यवस्थाको फाइदाउठाई कोही कसैले आफ्नो नाम दुरुपयोग गरेको भए त्यो छानविनको विषय बन्नु पर्ने पनि उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment