+
+
Shares

गोल्डकोस्टबाट सिंगापुर उडेको विमानभित्रै कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १२:१५

सिड्नी । अष्ट्रेलियाको गोल्डकोस्टबाट सिंगापुरको लागि उडेको स्कूट एयरको विमानभित्रै यात्रुहरुबीच कुटाकुट भएको छ । यात्रुहरुबीच झगडा भएपछि उक्त विमानलाई डाइभर्ट गरेर सिड्नी लगिएको थियो ।

एकअर्काबीच जाइलाग्ने पुरुषहरुलाई एयरहोस्टेजहरुले रोक्न खोजेको भिडियोमा देखिन्छ ।

हेर्नुहोस् भिडियो

यो भिडियो विमानका यात्रु रिको डेभिड गारिल्लीले आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले लेखेअनुसार फ्लाइट डिले भएपछि ति यात्रुहरुले मदिरा सेवन गरेका थिए । विमान उडेको २० मिनेटपछि उनीहरुबीच झडप सुरु भयो ।

गोल्डकोस्टबाट सिंगापुरसम्मको फ्लाइट थियो । तर, विमानलाई फर्काएर सिड्नी लगियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?