Comments Add Comment

आयल निगमले प्रहरीलाई भन्यो- भवन खाली गरिदेऊ

९ माघ, काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्ना भवनहरू खाली गरिदिन प्रहरीलाई पत्राचार गरेको छ । तत्कालीन नेशनल ट्रेडिङको जग्गा तथा भवन गत वर्ष नै नेपाल आयल निगमले किनेको थियो ।

तर, महानगरीय प्रहरी परिसरले भने सरकारले उचित वैकल्पिक स्थान र भवन नदिएसम्म स्थानान्तरण गर्न नसकिने स्पष्ट गरेको छ ।

भूकम्पपछि महानगरीय प्रहरी परिसर र अपराध अपराध महाशाखाको कार्यालय नेशनल ट्रेडिङकै भवनमा बस्दै आएको छ । अब आयल निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको बबरमहलको भवन जीर्ण भएकोले अब कार्यालयका रुपमा प्रहरी बसिरहेकै भवन उपयोग गर्ने तयारी गरेको  छ ।

यसैअनुसार महानगरीय प्रहरी परिसरलाई भवन खाली गराइदिन पत्राचार गरिएको निगमका प्रवक्ता बिरेन्द्र गाइतले बताए । उनका अनुसार नेशनल ट्रेडिङसँग किनिएको सो जग्गामा नयाँ भवन निर्माण गर्न टेण्डर गर्न लागिएको  छ ।

यस्तै बबरमहलको कार्यालय भवन साँघुरो र जीर्ण भएकाले केन्द्रीय कार्यालय टेकुमा सार्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमति दिइसकेको छ । यस्तो अवस्थामा प्रहरीले प्रयोग गरिरहेका सबै भवन खाली गरिरिदन आग्रह गरिएको गोइतले बताए ।

नेशनल ट्रेडिङका कर्मचारीलाई अवकास दिने समयमा यो जग्गा निगमले किनको थियो । टेकुमा किनेको ४९ रोपनी जग्गामा नै अब निगमको केन्द्रीय कार्यालय राख्ने योजना छ ।

महनगरीय प्रहरी परिसरका प्रवक्ता होमेन्द्र बोगटी भने राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरीले एउटा पत्रका भरमा आफ्नो कार्यालय भवन सार्न नसक्ने बताए । उनले सरकारले उचित विकल्पसहित प्रहरीका लागि जग्गा र भवन उपलब्ध नगराएसम्म टेकु नछाड्ने बताए ।

‘हामी पनि सरकारकै अंग हौं । यो विषय सुरक्षाजस्तो संवेदनशील विषयसँग जोडिएको छ,’ उनले भने,’ यो घरबेटीले कोठामा बस्नेलाई आदेश दिएजस्तो विषय हैन ।’

यसअघि महानगरीय प्रहरी परिसर हनुमानढोका थियो । त्यहाँ भूकम्पले भवन क्षतिग्रस्त भएपछि टेकु सारिएको थियो । हनुमान ढोकामा प्रहरीकै नाममा ३ रोपनी जग्गा छ । तर, त्यहाँ सर्न भवन पुनर्निर्माणको काम गर्नुपर्छ । तर, प्रहरीसिँग बजेट छैन भने सम्पदा क्षेत्र भएकाले पुनर्निर्माणको काम जटिल छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment