+
+
Shares

सरकारविरुद्ध हेटौंडामा तरुण दलको बिरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते १६:५९

१० माघ, हेटौंडा । हेटौंडामा कांग्रेसको युवा संगठन नेपाल तरुण दलले र्‍याली सहित बिरोध प्रदर्शन गरेको छ

सातै प्रदेशका राजधानिमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत बिहीबार तरुण दलले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा पनि बिरोध प्रदर्शन गरेको हो ।

हेटौंडा-२ मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड हुँदै बसपार्कबाट राप्तीरोड हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

सभामा बोल्दै तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताए ।

संविधानको धारा कुल्चिएर विभिन्न निर्णय गरेको भन्दै बस्नेतले सरकारले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?