Comments Add Comment

करण भन्छन्–‘कंगनासँग काम गर्न कुनै समस्या छैन’

बलिउडमा कलाकार र मेकरविचको लफडा नयाँ घटना भने होइन । कलाकार र मेकरविच हुने लफडाले मिडियामा पनि उच्च स्थान पाइरहेको हुन्छ । नायिका कंगना रनावत र निर्माता तथा निर्देशक करण जोहरविचको लफडा केही समय चल्यो । विशेषगरि, ‘परिवारवाद’को बिषयमा करण र कंगनाविचको लडाई चलेको थियो । कंगनाले करणले ‘परिवारवाद’लाई प्रश्रय दिएको आरोप लगाइन् । यी दुइले एक अर्कालाई मिडियाको मार्फत चिठ्ठी पनि लेखे ।

तर, अब समय बदलिएको छ । चलचित्र ‘मणिकर्णिका’ रिलिज भएपछि भने यी दुइको सम्बन्ध सुधारिएको छ । एक अन्र्तवार्तामा करणले भनेका छन्–‘चलचित्र निर्माण एउटा व्यापार हो । काम गर्ने कुरामा भावनालाई स्थान दिनु हुँदैन । म कंगनालाई चलचित्रमा अभिनय गराउन पाउँदा खुशी हुनेछु । यदि उनका लागि नै फिट हुने भूमिका आयो भने पक्कै पनि म काम गर्नेछु ।’

करणले कुनै पनि निर्देशकले कंगनालाई फिट हुने भूमिका लिएर अहिलेसम्म आफूमाझ नआएको पनि प्रतिक्रिया दिए । करणले भने–‘कंगनालाई मैले अहिलेसम्म चलचित्रमा नखेलाउनुको कारण व्यक्तिगत होइन, व्यवसायिक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment