Comments Add Comment

गन्तव्य चिनाउन साइकलबाटै १२३ किलोमिटर यात्रा

११ माघ, हेटौंडा । जिल्लाको पूर्वी क्षेत्रको व्यापारीक केन्द्र फापरबारीलाई चिनाउन हेटौंडाका साइकल राइडर्सले १ सय २३ किलोमिटर यात्रा सुरु गरेका छन् ।

हेटौंडाको बुद्धचोकबाट कान्तिराजपथ हुदै थालिएको यात्राको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले शुभकामना सहित यात्राको उद्घाटन गरेका हुन् ।

कान्तिराजपथको हेटौंडा चौधडा खण्डपछि धरान-चतरा मार्ग हुँदै पुगिने फापरबारीमा ग्रामीण पर्यटनको सम्भावनालाई उजागर गर्नका लागि हेटौंडा राईडर्स क्लबले ‘टुर दि फापरबारी-२०१९’ गरेको हो ।

अभियानमा करिब १५० राईडर्सको सहभागी छन् । मेडिकल टोलीसहित थालिएको यात्रा हेटौंडाबाट फुर्केचौंर, छत्तिवन, हात्तिसुडे हुदै फापरवारी सम्म पुग्ने छ । नियमित साइक्लिङमा रहेका हेटौंडा र जिल्ला बाहिर काठमाण्डौं, सिमरा, घरान, धनगढीसम्मका राइडर्सको सहभागिता रहेको छ ।

टोलीमा कैलालीबाट आएका एक खुट्टाको मद्दतबाट मात्र साइकल चलाउँने राइडर्स पनि सहभागी रहेका छन् । टोलीमा एक खुट्टाको सहायताले साइकल चलाउँने युवक लामा, यमलाल रसाईली र एक हातले मात्र साइकल चलाउँने हेटौंडाका सुरज लिम्बु सहभागी भएका हुन् ।

फापरबारीमा पुगेर वागमती गाउँपालिकासँगको समन्वयमा पर्यटन संभावनाको वारेमा जानकारी लिने र वागमती गाउँपालिकामा रहेको ऐतिहासिक स्थलहरु, युद्धको समयमा चर्चामा आएका स्थलको भ्रमण गरिने क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

शुक्रबार फापरवारी पुगेर सनिवार हेटौंडा फर्किएपछि यात्राको समापन गरीने बताइएको छ । साकइलबाट मकवानपुरलाई चिनाउने अभियानसँगै प्रदेश ३ को राजधानीलाई साइकल सिटीको रुपमा विकास गर्न अभियान सञ्चालन गरेको बताइएको छ ।

यात्रामा सहभागी हुने राईडर्सको सानिमा लाइफ इन्सुरेन्सले दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment