Comments Add Comment

गोन्जालो हिग्वेन चेल्सीमा

११ माघ, काठमाडौं । इटालियन क्लब युभेन्टसबाट लोनमा एसि मिलानमा रहेका ३१ वर्षका स्ट्राइकर गोन्जालो हिग्वेन इंग्लिस क्लब चेल्सी गएका छन् । उनी जारी सिजनको बाँकी समयका लागि लोनमा नै चेल्सी गएका हुन् ।

जारी सिजनमा एसि मिलानबाट १५ खेल खेलेका उनले ८ गोल पनि गरेका थिए । २०१६ देखि युभेन्टसमा रहँदा उनले ७३ खेलमा ४० गोल गरेका थिए ।

२००५ मा रिभर प्लेटमा रहेका हिग्वेन २००७ देखि २०१३ सम्म रियल मड्रिडमा थिए । उनी त्यहाँबाट नापोली गएका थिए । नापोलीबाट युभेन्टस गएका हिग्वेनले अन्र्जेन्टिना राष्ट्रिय टिमबाट ७५ खेलमा ३१ गोल गरेका छन् ।

प्रिमियर लिगमा आउन पाएकाले खुशी लागेको बताउँदै हिग्वेनले भनेका छन्, ‘चेल्सीले ममाथि देखाएको विश्वासलाई प्रमाणित गरेर देखाउने छु । प्रिमियर लिग इतिहासमा धेरै राम्रो प्रतिष्ठा रहेको क्लबमा आउन पाउँदा खुशी लागेको छ ।’

युभेन्टसबाट १८ मिलियन लोन मुभमा मिलान गएका हिग्वेनका लागि आधि रकम अब चेल्सीले तिर्नेछ ।

क्रिष्टियानो रोनाल्डो रियल मड्रिडबाट युभेन्टस गएपछि हिग्वेनको स्थानमा संकटमा परेको थियो । उनलाई सिजनपछि पनि क्लबमै राख्न चेल्सीले ३६ मिलियन युरो तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment