Comments Add Comment

‘आकाशलाई कथाले खोजेको, सोनमलाई पूजाले रोजेको’

चलचित्रको पर्दामा फरक–फरक कलाकारसँग काम गर्न चाहना राख्ने नायिका पूजा शर्माले यसपटक २ नायकसँग काम गर्दैछिन् । नायक आकाश श्रेष्ठसँग त उनको जोडी चर्चित छ । पूजा शर्मा र आकाशलाई दर्शकले ‘रामकहानी’ चलचित्रमा देखिसकेका छन् । पूजाले काम गरेका नायकहरुमा आकाश सर्वाधिक रुचाइएका नायक हुन् ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा आकाश फाइनल भएपछि विभिन्न खालका चर्चा नभएका होइनन् । तर, नायिका पूजा शर्माले भने आकाशलाई कथाले नै खोजेको बताइन् । उनले भनिन्–‘आकाश र मेरो जोडीलाई दर्शकले माया गर्नुभएको छ । यसपटक, कथाले नै आकाशलाई खोजेपछि उनी यो चलचित्रमा भित्रिएका हुन् ।’

पूजाले आकाशलाई कथाले नै खोजेपनि नायक सोनम तोप्देनलाई आफूले नै रोजेको बताइन् । उनले भनिन्–‘हो, यसपटक सोनमलाई भने मैले नै रोजेकी हुँ । सोनमको गीत हेरेपछि उनलाई चलचित्रमा लिनका लागि मैले नै निर्देशकलाई भनेकी थिएँ ।’

पूजा, आकाश र सोनमलाई दर्शकले चलचित्र निर्माण अगाडि नै मन पराएका छन् । चलचित्रको छायांकनको लागि निर्देशक सुदर्शन थापासहितको ४ जनाको टोली आज यूकेतर्फ उड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment