+
+
Shares

नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने

विजय थापा विजय थापा
२०७५ माघ १९ गते ९:३१

डीसी । नेपाल आइडल सिजन-२ का विजेता अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, प्रथम बिजेता विक्रम बराल र द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् ।

तीनै जना आगामी अप्रिल-मे महिनामा कार्यक्रमको लागि आउने छन् । उक्त नेपाल आइडल सिजन-२ का अमेरिकाको लागि केटीएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छ । बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ ।

बोस्टनबाट अप्रिल १२ बाट सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यूयोर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन, अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सनफ्रान्सिस्को, मे १ लसएन्जेलस तथा अन्तिम मे १२ मा सेन्टलुइसमा कार्यक्रम हुने छ ।

आयोजकका अनुसार यो सन् २०१९ को सबैभन्दा बृहत कार्यकम हुने छ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन् । उनीहरुले आफ्नो मौलिक, सांस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।

न्यूयोर्कमा नेपाली नयाँ वर्षको दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यूयोर्कमा हुने छ ।

केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिलेसम्मकै सर्वाधिक रुपमा विश्वव्यापीरुपमा विद्युतीय प्रणालीसहित हेरिएको बताउँछन् ।

नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?