+
+
Shares

साउदीको जेद्दामा तामाङ समुदायले मनाए सोनाम ल्होसार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १९ गते २०:१५

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले सदाका वर्षहरुमा झैं यसवर्ष पनि तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) सोनाम ल्होछार मनाएको छ ।

नेपाली पात्रो अनुसार माघ २२ मा सोनाम ल्होछार परेपनि साउदी अरबको सार्बजनिक बिदालाई मध्यनजर गरी चार दिन अगावै फेब्रुअरी १ मा उक्त पर्व मनाइएको हो ।

खि ल्हो(कुकुर वर्ग)को बिदाइ गरी नयाँ ‘ल्हो अर्थात (मन्जुश्री सम्वत) २८५५ फाग ल्ह’ (सुंगुर वर्ग) को स्वागत गरी नयाँ वर्ष मनाइएको हो ।

घेदुङका अध्यक्ष दिलबहादुर थिङ तामाङको सभापतित्वमा समपन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली महावाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडल तथा अन्य अतिथीहरूमा वाणिज्यदूत मनहरी दङगाललगायत साउदी अरबको पश्चिम क्षेत्रमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता  रहेको थियो ।

प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन  गरी कार्यक्रम सुरु गर्नुको साथै कार्यक्रममा सम्पुर्ण अतिथीहरुलाई खादा र तामाङ टोपी लगाई दिएका थिए ।

संस्थाका सल्लाहाकार सुप्रिम गोलेले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका  थिए भने संस्थाका सदस्य शैलेस योञ्जन तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रमुख अतिथी पौडेलले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई धन्यवाद दिए ।

बिशिष्ट अतिथी बाणिज्यदूत मनहरी दंगाल लगाएत अन्य अतिथीहरूले पनि सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन गर्दै सभापति दिलबहादुर थिङ तामाङले कार्यक्रम सफल बनाउन सबै समुहले खेलेको सहयोग एवं सहकार्यको भूमिकाप्रति आभार ब्यक्त गर्दै ल्होछार पर्वलाई साझा पर्वको रूपमा ग्रहण गरीनुपर्नेमा जोड दिए ।

अध्यक्ष तामाङले वर्षको एकदिन ल्होछार मनाउदैमा मात्र आफ्नो संस्कृतिलाई जोगाई राख्न नसकिने बताउदै सम्पुर्ण तामाङहरुलाई आफ्नो भावि पुस्तलाई भाषा,धर्म,संसकृति र रितिरिवाज प्रतिको ज्ञान दिलाउनु जरुरी भएको बताए ।

दोस्रो चरण अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमलाई संस्थाका सल्लाहकार सुप्रीम गोले तामाङले संचालन गरेका थिए ।

कार्यक्रममा तामाङहरूको अत्यन्तै लोकप्रिय म्हेन्दोमाया गीतमा  नृत्य प्रस्तुत गरीएको थियो भने स्थानीय चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु देखाएर भरपुर मनोरञ्जन प्रदान गराएका थिए ।

घेदुङ साउदीको महिला सदस्य शान्ती तामाङ लगाएत अन्य स्थानिय कलाकारहरू धनबहादुर गुरुङ, पूजा सरगम, सीमा तामाङ, गुरास राई, माया पौडेल, पूजा घले, सागर लामा, अन्जली हिताङ, अर्पित मगर, दिल मुस्कान, सरस्वती मगर, अनिश बम्जन, दिनेश क्षेत्री, बिनोद न्यौपाने, अष्मिता तामाङ, खिम गुरूङ, गणेष गुरूङ र खोबिन गुरूङ लगायतले उत्कृष्ट प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?