+
+

५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २३ गते १२:०५

२३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार ५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । १४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

आज बुधबार मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । आगामी फागुन ८ गते परिपक्व हुने रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

अर्को रिभर्स रिपो पनि राष्ट्र बैंकले जारी गर्ने गरेको छ । रिपोको ठ्याक्कै विपरित रिभर्स रिपो हो । तरलता प्रवाह गर्नका लागि रिपो जारी गरिन्छ भने तरलचा खिच्नका लागि रिसर्भ रिपो जारी गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?